घोराहीमा आमा पार्वताको सम्झनामा असी वर्ष पार गरेका बा-आमाहरूलाई दोसल्ला ओढाएर सम्मान

Image

सुरेशकुमार पाण्डे /दाङ घोराहीः पार्वता स्मृति साहित्य प्रतिष्ठानले आज (२५ असोज २०८२) पाण्डे समाजको भवनमा विशेष कार्यक्रम आयोजना गरी असी वर्ष पार गरेका १६ जना बा–आमाहरूलाई दोसाला ओढाएर सम्मान गरेको छ। कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष देबा देवी पाण्डे र सुरेशकुमार पाण्डेले संयुक्त रूपमा सम्पन्न गरे।

सम्मानित हुनेहरूमा कुबीर पाण्डे, चेतु पाण्डे, मिना पाण्डे, निमा पाण्डे, डोम्वरा देवी पाण्डे, मानप्रसाद रिजाल, रवीलाल पाण्डे, टीकाराम रिजाल, वेदप्रसाद खनाल, तुलसादेवी सुवेदी, कुलराज पाण्डे, हेड्मा भुसाल, अम्बिका पाण्डे, टुल्कप्रसाद पाण्डे, टीका रिजाल र रोमहर्ष बस्याल रहेका छन्।

nawajiwan
Attariya Hospital

कार्यक्रम नवराज पाण्डेको अध्यक्षता, लुमाकान्त पाण्डेको सञ्चालन र जानुका पाण्डेको स्वागत मन्तव्यबाट सुरु भयो।
मुख्य अतिथि मात्रिका प्रसाद पाण्डे, विशिष्ट अतिथि हरिप्रसाद पाण्डे र अन्य सम्माननीय अतिथिहरूको उपस्थितिले कार्यक्रमलाई भव्य बनाएको थियो।

आमा पार्वताको सम्झनामा प्रतिष्ठानले विगत तीन वर्षदेखि ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने परम्परा निरन्तर रूपमा अगाडि बढाइरहेको छ।