आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको असर, पहाडमा बदली, उच्च भूभागमा हिमपातको सम्भावना

Image
Nisarga Hospital

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा पूर्ण बदली देखिएको छ भने अन्य भूभागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका केही स्थान र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ।

CP Hospital Dhangadhi

आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। यिनै प्रदेशका उच्च भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने सम्भावना रहेको छ।

Attariya Hospital

आज राति पनि तराईका केही स्थानमा हुस्सु कायम रहनेछ। कर्णाली र सुदूरपश्चिमसहित कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने र अन्य स्थानमा मौसम प्रायः सफा रहने महाशाखाले जनाएको छ।

nawajiwan