मौसम अनुकूल नभए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छ : प्रधानमन्त्री कार्की

Image
Nisarga Hospital

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१ हात्तिखोरमा आयोजित राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले आगामी निर्वाचन समयमै सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले निर्वाचनका लागि आवश्यक सबै सहयोग सरकारले उपलब्ध गराउने बताए।

CP Hospital Dhangadhi

प्रधानमन्त्री कार्कीका अनुसार हिमाली जिल्लामा मौसम प्रतिकूल भएमा मात्र दोस्रो चरणमा निर्वाचन गर्ने विकल्प अपनाइनेछ। कम मतदाता रहेका स्थानमा सवारीसाधन प्रयोग गरी मतदाता ओसारेर भए पनि निर्वाचन सम्पन्न गराइने उनले जानकारी दिए। अत्यन्तै असहज अवस्था सिर्जना भएमा मात्र दोस्रो चरणको विकल्पमा जाने सरकारको तयारी रहेको उनको भनाइ थियो।

Attariya Hospital

हालसम्म कुनै पनि कारणले निर्वाचन सार्ने विषयमा छलफलसमेत नभएकाले आगामी फागुन २१ गते तोकिएको मितिमा ढुक्कका साथ जुट्न प्रधानमन्त्रीले आग्रह गरे। समयमै निर्वाचन सम्पन्न भई नवनिर्वाचित प्रतिनिधिले राज्य व्यवस्था सम्हाल्दै देशलाई नयाँ दिशातर्फ अघि बढाउने विश्वास पनि उनले व्यक्त गरे।

nawajiwan

निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सरकार शतप्रतिशत प्रयासरत रहेको प्रधानमन्त्री कार्कीले स्पष्ट पारे।