बीपी राजमार्गमा भीषण बस दुर्घटना : ७ जनाको मृत्यु, १५ घाइते

Image
Nisarga Hospital

काभ्रेको बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्। काभ्रेका डीएसपी रविन बिष्टका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या पुष्टि भएको हो।

CP Hospital Dhangadhi

बनेपाबाट रोशी गाउँपालिका–खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस सडकबाट अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनापछि स्थानीयवासी, प्रहरी र सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य तीव्र रूपमा गरिएको थियो।

Attariya Hospital

घाइतेहरूलाई तत्काल नजिकैका अस्पतालहरूमा उपचारका लागि पठाइएको छ। केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सडक अवस्था, चालकको नियन्त्रण तथा अन्य सम्भावित कारणहरूबारे विस्तृत छानबिन जारी रहेको छ।

nawajiwan