तेस्रो संस्करणको एनपीएल खेल तालिका सार्वजनिक, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

Image
Nisarga Hospital

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।

CP Hospital Dhangadhi

उक्त खेल कात्तिक ९ गते हुने तय गरिएको छ। प्रतियोगिताका लिग चरणका खेलहरू कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन्।

तालिकाअनुसार लिग चरणपछि मंसिर १ गते पहिलो क्वालिफायर खेल हुनेछ। मंसिर २ गते इलिमिनेटर तथा मंसिर ३ गते दोस्रो क्वालिफायर खेल खेलाइनेछ।

nawajiwan
Attariya Hospital

तेस्रो संस्करणको एनपीएलको फाइनल खेल भने मंसिर ५ गते आयोजना हुनेछ। प्रतियोगितामा सहभागी टोलीहरूले लिग चरणमा प्रतिस्पर्धा गर्दै प्लेअफका लागि स्थान बनाउनेछन्। पहिलो खेलमै साविक विजेता र उपविजेता आमनेसामने हुने भएपछि एनपीएलको सुरुवात नै प्रतिस्पर्धात्मक बन्ने अपेक्षा गरिएको छ।