इन्डियन आइडलमा धमाका मच्चाउदै गरेकी नेपाली चेली मेनुकाको ‘बादलु माथि’ गित सार्वजनिक (भिडियो सहित)

Image
Nisarga Hospital

भारतीय रियालिटी शो इन्डियन आइडल १४ मा भर्खर टप ११ मा पुग्न सफल गायिका मेनुका पौडेलको स्वर रहेको गीत ‘बादलु माथि’ सार्वजनिक भएको छ । गीत गायनमा मेनुकालाई गायक संगीतकार राजनराज शिवाकोटीले साथ दिएका छन् ।

CP Hospital Dhangadhi

गीतमा शब्द एवं संगीत राजनराज शिवाकोटीकै रहेको छ । गीतले इन्डियन आइडलमा उनको थप मनोबल बढ्ने विश्वास रहेको संगीतकार सिवाकोटीले गरेका छन् । ‘नेपाली चेलीलाई भारतीय भूमिका मिलिरहेको सफलतालाई थप ऊर्जा मिलोस् भनेर गीत बनाएको हो’ सिवाकोटीले भने ।

Attariya Hospital

मेनुका इन्डियन आइडल १४ को उपाधि दाबेदारमध्ये एक हुन् । आफ्नो गायनले अहिलेसम्म उनले जज र दर्शकहरू सबैको मन जित्दै आइरहेकी छिन् ।

nawajiwan