धरातल बिनाका बिभिन्न भेषमा आउने नयाँ जोगीहरुबाट सचेत रहनुस : अध्यक्ष बडु

Image
Nisarga Hospital

धनगढी:  नेपाल समाजवादी पार्टीका सुदुरपश्चिम प्रदेश अध्यक्ष मिन राज बडुले धरातल बिना बिभिन्न भेष बनाएर जनतालाई झुक्याउने प्रबृती बढेका कारण सचेत रहन आग्रह गरेका छन् । नेपाल समाजवादी पार्टी धनगढी उपमहानगर समितिले धनगढी ६ जालीमा आयोजना गरेको गरेको माघी मिलन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बडुले राजनितिक दलको योगदान बिर्षेर नयाँ जोगीहरुका चिल्ला गफमा भुल्ने परिपाटी बढेका कारण सचेत रहन आग्रह गरेका हुन् ।

CP Hospital Dhangadhi

हामी लगायतकै साथीहरुले १० बर्षे जनयुद्ध गरेर यो ब्यवस्था आएको हो अध्यक्ष बडुले भने “हामी संगै रहेका सबै पार्टीका साथीहरुको १९ दिने जनआन्दोलनबाट यो ब्यवस्था आएको हो भन्ने कुराको ख्याल गर्नुपर्छ, अहिले जोपनि चुनाव लड्न पाउने, जो पनि बोल्न पाउनुपर्ने ब्यवस्था ल्याउने को हो त्यो चिन्नुपर्छ, राजनितिमा कसका लागी कसले कति योगदान गरेको छ त्यो हेर्नुपर्छ, अहिले कसैलाई गाली गर्दैमा उसैको पछि दौडिनु हुन्न ।”

nawajiwan
Attariya Hospital

रेशम चौधरीले अहिले थारुका लागी लड्छु भन्दै भ्रम छर्दै हुनुहुन्छ, उहाँको बिगत हेरौँ उनले भने “बिगतमा रेशम चौधरी सहित सबै थारुहरुको अधिकारका लागी बोलिरहने नेता को हुनुहुन्थ्यो सबैलाई थाहा छ नी, डा.बाबुराम भट्टराइले रेशम जेलबाट छुट्नुपर्छ र सबै थारु, जनजातीको अधिकार सुनिश्चित हुनुपर्छ भनेर लडिरहनुभयो अन्तमा रेशम जीको रिहाई भयो, तर यसको लडाइमा को थिए त्यो हेर्दैनन् जनता गफमै मख्ख भइरहेका छन्, अहिले रेशम जीले थारुका अधिकारका नारा दिदै भ्रममा पार्दै हुनुहुन्छ तर बास्तवमा उहाँको सस्तो राजनिति सफल हुँदैन र उहाँ पिछिडिएको थारुको अधिकारका लागी कुनै कामपनि गर्न सक्नुहुन्न ।”

अहिलेका शासकहरुले काम गर्न सकेनन् त्यो सबैले स्वूकानुपर्छ शासकहरु चाहीँ सुध्रिनै पर्छ “तपाई हामी जस्तै रहेका हिजोका नेताहरु कहाँ पुगे तपाई हामी कहाँ छौँ यो हेर्नुस, उहाँहरुले तपाई हाम्रा लागी काम गर्नुभयो की भएन, त्यो हेर्नुस, धनगढीमैपनि फेसबुक र युट्युवमा मात्रै चर्चा छ, वास्तबिक धनगढीको बिकास केही भएको छ त, धनगढीमा संघ र प्रदेशका गरी दुई दर्जन बढी योजना लागस छन्, धनगढी उपमहानगरको एउटा ठुलो योजना खोज्नुस त, धनगढीका बजारमा दाउरा बाँडेर, बिजुली लगाएर सबै पुग्छ त, गाउँमा के दियो ति नगर प्रमुखले, अनी हामी धनगढीबासी होइनौँ, यस्तै गफमा नलागौँ काम खोजौँ, काम गर्नेलाई सहयोग गरौँ, गफ गर्नलाई होइन, माघीको सबैमा सुभकामना छ ।”