
अत्तरिया: कैलालीको अत्तरिया उद्योग वाणिज्य संघमा ताला लगाइएको छ । मंगलबार अत्तरियाका व्यवसायीले उद्योग वाणिज्य संघमा ताला लगाएका हुन् ।

अत्तरियामा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवको नक्कली ठेली प्रकरणमा छानबिनको माग गर्दै व्यवसायीले ताला लगाएका हुन् ।

नक्कली टिकट ठेलीका विषयमा सत्यतथ्य छानबिन गर्न आनाकानी गरिएकाले वाणिज्य संघमा ताला लगाइएको व्यापारीहरुले बताएका छन् ।

यही माघ ७ गतेसम्म सञ्चालित आठौँ संस्करणको महोत्सवमा माघ ४ गते २८ वटा नक्कली टिकट ठेली फेला परेका थिए ।




























