जाेलजिबी मेला र जम्मू कश्मीरकाे कठ्याङ्ग्रिने जाडाे

Image
Nisarga Hospital
मान सिंह धामी : विगतलाई फर्केर हेर्दा आज मलाई ३४/३५ वर्ष अघिकाे झझल्को आइरहेकाे छ । मंसिरकाे महिना, त्याे पनि रातीमा जम्मू कश्मीरकाे रेलवे स्टेशनमा ओढने ओछ्याउने कपडा विनाकाे मान्छे पानी बिनाकाे माछा जस्तै भएकाे अनुभूति अहिले भैरहेकाे छ भन्दा हाँस्यास्पद पनि हुन सक्छ । वि. सं. २०४५ साल मंसिर महिनातिरकाे कुरा हाे । दार्चुला जिल्लाकाे जाेलजिबी भन्ने ठाउँमा महाकाली नदीले भारत र नेपाललाई सिमाङ्कन गरेकाे छ । जाेलजिबी वारिपारी प्रत्येक बर्ष मंसिर -१ गते देखि १०/१२ गते सम्म ठुलाे मेला लाग्ने गर्दछ । उक्त मेला भर्न हाम्राे नेपालकाे तर्फबाट जुम्लाबाट सयाैंकाे सङ्ख्यामा घाेडाहरु जान्छन । भारतका टाढा टाढाका विभिन्न शहरबाट आएका भारतीयहरु घाेडाहरूकाे माेल माेलाई गरी घाेडाहरुकाे किनबेच गरिन्छ । जाेलजिबी मेला दार्चुलाबासीका लागि ठुलाे पर्वकाे रुपमा लिइन्छ । भारतमा पनि मुम्बई, दिल्ली, मथुरा, आगरा, अल्माेडा, हल्द्वानी, मेरठ, नैनीताल, टनकपुर लगायतका विभिन्न ठाउँबाट प्रत्येक वर्ष व्यापारीहरू मेला भर्न आउने गर्दछन् ।
CP Hospital Dhangadhi
जाेलजिबी मेलाकाे बारेमा चित्रण गर्दै गर्दा उक्त ठाउँकाे परिदृश्यकाे बारेमा वर्णन गर्नु सान्दर्भिक हाेला जस्ताे लाग्छ । जाेलजिबी दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिकाअन्तर्गत वडा नम्बर -७ मा महाकाली नदीकाे किनारमा अवस्थित रमणीय ठाउँ हाे । अहिले सडक बाटाे घाटाे यातायाकाे सुबिधा आदिले गर्दा व्यापार व्ययावसायमा गति लिन नसके पनि पहिलेकाे भने झुलाघाँट जत्तिकैकाे व्यापारिक नाका नै हाे । महाकाली नदीकाे पारि भारतमा पनि जाेलजिबी रहेकाे छ । उक्त ठाउँ महाकाली नदी र गाेरी गंगा नदीकाे संगम दाेभानमा अवस्थित छ । महाकाली नदीमा भारत नेपाल जाेड्ने झाेलुङ्गे पुल रहेकाे छ । जाेलजिबीमा म आइ. एस्सी. पढने बेला पुरै दुईवर्ष बसेकाे छुँ ।
nawajiwan
सुरुमा वारि जाैलजिबी घाेडेबगरमा मान सिंह खत्रीजीकाे घरमा बसे छ महिना जति । त्यस पछि पारि भारतमा गाेरी नदीकाे किनारैमा कुन्दन सेटजीकाे घरमा बसियाे । त्यतिबेला मेरा रुममेट इन्द्र सि०ह धामीज्यू हुनु हुन्थ्याे । पछि उहाँ पढ्दा पढ्दै शिक्षण पेशातिर जानु भयाे । केही समय मेरा रुममेट जनक राज अवस्थी र चक्रदेव अवस्थी हुनु भयाे । उहाँ दरई दाजुभाइ घरकाे मेराे छिमेकी पनि हुन् । अहिले चक्रदेवजी याे धर्तीमा हुनु हुन्न । चक्रदेवजीलाई श्रद्धा सुमन अर्पण गर्दछु । केही समय जाेलजिबी बजारमा पाेखरीया हाेटलकाे छेउमा निरन्तर सेटजीकाे घरमा पनि बसियाे । कक्षा – ११ काे परीक्षा दिएर पारि जाेलजिबीकाे माथि दुतीमा राजु पालकाे घरमा डेरा गरेर बसे । त्यतिबेला म र एकदमै मिलासार व्यक्तित्व राम दत्त पन्तसँगै बस्या‌ैं । राम दत्तजी हाल माध्यमिक तहकाे स्थायी विज्ञान शिक्षक हुनु हुन्छ । मेराे जानकारी अनुुसार थाेरै कुराहरू जाेलजिबी मेलाकाेबारेमा बर्णनगर्नु सान्दर्भिक हुन्छ ।
जाेलजिबी मेला :
दार्चुला जिल्लाकाे जाेलजिबी भन्ने ठाउँमा महाकाली नदीले भारत र नेपाललाई सिमाङ्कन गरिदिएकाे छ । जाेलजिबी वारि र पारि मंसिर -१ गते देखि १०/१२ गते सम्म प्रत्येक वर्ष ठुलाे मेला लाग्ने गर्दछ । उक्त मेला भर्न हाम्राे नेपालकाे तर्फबाट जुम्लाबाट सयाैंकाे सङ्ख्यामा घाेडाहरु जान्छन । भारतमा टाढा टाढाबाट आएका भारतीयहरु घाेडाकाे माेल माेलाई गरी घाेडाहरुकाे किनबेच गरिन्छ । जाेलजिबी मेला दार्चुलाबासीका लागि ठुलाे पर्वकाे रुपमा लिइन्छ । भारतमा पनि मुम्बई, दिल्ली, मथुरा लगायतका विभिन्न ठाउँबाट प्रत्येक वर्ष ब्यापारीहरु मेला भर्न आउने गर्दछन् । जाेलजिबी मेलाकाे बारेमा चित्रण गर्दैगर्दा उक्त ठाउँकाे परिदृश्यकाे बारेमा वर्णन गर्नु पनि सान्दर्भिक हुन्छ । जाेलजिबी दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिकाअन्तर्गत वडा नम्बर -७ मा महाकाली नदीकाे किनारमा अवस्थित रमणीय ठाउँ हाे । अहिले त सडक बाटाे घाटाे यातायाकाे सुबिधा आदिले गर्दा व्यापार व्यवसायमा गति लिन नसके पनि पहिलेकाे भने व्यपारिक नाका नै हाे । महाकाली नदीकाे पारी भारतमा पनि जाेलजिबी रहेकाे छ । उक्त ठाउँ महाकाली नदी र गाेरी गंगा नदीकाे संगम दाेभानमा अवस्थित छ । महाकाली नदीमा भारत नेपाल जाेड्ने झाेलुङ्गे पुल रहेकाे छ । मेलाकाे बारेमा वर्णन गर्दैगर्दा यसकाे सुरुवातीलाई पनि उल्लेख गर्नु सान्दर्भिक ठानेकाे छु ।
२० औं शताब्दिकाे सुरुवात सन १९१४ मा भारत अस्काेटका पाल रजा गजेन्द्र बहादुर पालले जाेलजिबी मेलाकाे सुरुवात गरेका हुन् । त्यति बेला जाेलजिबी अति नै दुर्गम क्षेत्र थियाे । यहाँबाट आवश्यक सामान किनमेल गर्न मानिसहरू पैदल अल्माेडा वा टनकपुर जाने गर्दथे ।
मानिसहरूकाे दु:ख कष्टलाई ध्यानमा राखेर वर्षभरिकाेलागि चाहिने सबै मालसामानहरू एकमुष्ट मेलामा नै उपलब्ध गराउने अभिप्रायले तल्लाे मल्लाे अस्काेटकाे केन्द्रबिन्दु महाकाली नदी र गाेरी नदीकाे संगम स्थल दाेभानमा अवस्थित अति रमणीय स्थान जाेलजिबी (भारत) मा अस्काेटी राजाले याे मेलाकाे सुरुवात गरेका हुन् । मेलाकाे लागि चाहिने आवश्यक सरसामानकाे लागि आगरा, मथुरा, बरेली, दिल्ली, रामपुर मुरादाबाद, मेरठ, काशीपुर, रामनगर , अल्मोड़ा, हल्द्वानी र टनकपुरका व्यापारीहरू यस मेलामा आउने गर्दछन् । उक्त मेलामा मित्र राष्ट्र नेपाल र छिमेकी देश तिब्बतका व्यापारीहरूलाई पनि बाेलाएकादथिए । मेलामा नेपाल र तिब्बतीहरूकाे उपस्थितीले गर्दा अन्तर्राष्ट्रिय स्तरकाे मेला हुन पुग्याे । याे मेला सुरुवातमा एक महिनासम्म लाग्ने गर्दथ्याे । सन १९६२ मा भारत र चीन बिच युद्धभएपछि मेलामा तिब्बतीहरूकाे उपस्थिति बन्द भयाे । तीस वर्षपछि भारत-चीन व्यापार प्रारम्भ भएपछि फेरी भारतीय व्यापारी तिब्बती सामानहरूकाे पसल लगाउन थालेका हुन् ।
Attariya Hospital
अत: जाेलजिबी मेला दार्चुलाबासीहरूकाे लागि एक महत्त्वपूर्ण चाड मेलाकाे रुपमा रहेकाे छ । मेलामा चर्खा, सर्कस, कलाकारहरुकाे सानदार प्रस्तुति हु्न्छ । मेलामा आगरा, मथुरा, बरेली, दिल्ली, रामपुर मुरादाबाद, मेरठ, काशीपुर, रामनगर , अल्मोड़ा, हल्द्वानी र टनकपुरका व्यापारीहरू आउने गर्दछन् । यस मेलामा भाँडाकुँडा , कपडा, गान्धी आश्रमकाे सिरक, गद्दा, दन (गलैजा), मिठाईका परिकारहरू आदि सबै सुलभ र सुपथ मूल्यमा उपलब्ध हुन्छन् । दार्चुला जिल्लाका नाै वटै स्थानीय तहबाट हजाराैंकाे संख्यामा मेला भर्न जाने गर्दछन् । दार्चुला बाहेक नेपालका अन्य जिल्लाहरूबाट पनि मेलाकाे अवलाेकनगर्न मानिसहरू सहभागी हुने गर्दछन् । नेपालमा नेशनल पसलहरू, हाेटलहरू आदि मुख्य आकर्षणकाे रुपमा रहेका छन् । घरमा उत्पादित घिउ, मह, सुन्तला, भटमास तथा अन्य दलहन, गुड लगायतका खाद्यवस्तुहरू जाैलजिबी मेलामा बिक्रीवितरण पनि गरिन्छन् । नेपालकाे जुम्लाबाट आयातित घाेडाहरू पनि मेलाकाे विशेष आकर्षणकाे रुपमा रहेका हुन्छन् ।
२०४५ साल मंसिर -३ गते म पनि मेला हेर्न भनेर केही नगद र एक किलाे जति घिउ लगेर गए । दिनभरी मेलामा रमाइयाे, चर्खा खेलियाे, सर्कस हेरियाे, बाल मिठाई पनि खाइयाे । हुन त मलाई घरमा सब थाेक पुगेकाे थियाे । म घरकाे लाड प्यारले हुर्केकाे छाेराे थिए । एस.एल.सी. दिएर नतिजाकाे पर्खाइमा पनि थिएँ । एक्कासी मेराे दिमागकाे केन्द्रीय भाग (Central Nervous System-CNS) ले मलाई भारत जम्मू कश्मीरतिर घुम्न निर्देशित गर्याे र म साँझ ५ बजेतिर धारचूला पिथाैरागढ डाँकगाडीमा पिथाैरागढकाे लागि प्रस्थान भए । जाेसमा हाेस गुमाउँदा के हुन्छ हाेला ? सहजै अनुमान लगाउन सक्नुहुन्छ । हाेस गुमाउँदा मैले घरपरिवार, आमा बुवा, छरछिमेक, आफन्त सबै बिर्सिएर उक्त डाँक गाडी (चिठ्ठी पत्र बाेक्ने गाडी) मा सुईकुच्चा ठाेके । घर परिवार बिर्सिए । म साच्चिकै बर्मा गएँ। त्यति बेला हाम्राे यता तिर विदेशिनुलाई बर्मा जानु भन्ने गर्दथे । अपरान्ह ८:०० बजेतिर म पिथाैरागढ सिल्थाम चाैराह पुगेर बसबाट ओर्लिए । बसबाट ओर्लिएर सिल्थाम नजिकैकाे एक सामान्य हाेटलमा बास बस्न पुगे । भाेलीपल्ट बिहान सबेर‌ै ४:०० बजे उठेर हातमुख धाेई काँधमा झाेला भिरेर साँच्चिकैकाे लाहुरे बनेर काेठाबाट निस्कें । बस पार्क पत्ता लगाएँ । बसपार्क चाँहि सिमलगैर भन्ने ठाउँमा रहेछ र म सिमलगैरतिर बसपार्क खाेज्दै आफ्नाे बाटाे लागे । बल्लतल्ल बसपार्क भेटाए । बसपार्क पुग्ने बित्तिकै टनकपुर बरेली… टनकपुर बरेली भन्ने चर्काे आवाज सुनियाे र म पनि उतै तिर लागे । टिकट काउण्टरमा गएर बरेलीकाे टिकट लिएर करिब ५:०० बजे तिर बरेलीकाे लागि रमाना भए । त्याे बेलाकाे बसकाे यात्रा सम्झदा अहिले पनि मलाई बसमा म कहिल्यै पनि यात्रा नगरुँला जस्ताे लाग्छ हजुर सत्य बाेल्नु पर्दा । जीवनमा बसमा थाेरैमात्र यात्रा गरेकाे मान्छे ती पहाडका नागबेली आकारका सडकका घुम्ती माेडहरूमा बसकाे गति संगै मेराे शरीरकाे गतिकाे तालमेल मिलाउन नसक्दा मेराे आन्द्रा नै बाहिर आउला जस्ताे भएकाे थियाे । येनकेन जीवनलाई दाउमा राखेरै भए पनि पिथाैराषढ, घाँट, चम्पावत, लाेहाघाट, टनकपुर, वनबासा, खटिमा हुँदै बरेली पुगियाे ।
बरेलीमा एक जना नेपालका मित्र सँग भेट भयाे । परिचय गरियाे, रात भरि संगै बरेलीकाे खुला आकाश मुनि कठ्याङ्ग्रिने जाडाेमा रात बितायाैं । के भयाे, कस्ताे भयाे हाेला भन्ने जिज्ञासामा यस पछिकाे लेखमा स्पष्ट पार्ने प्रयास गर्ने नै छु । भाेलीपल्ट बिहानै दिल्ली जाने कुरा तय भयाे । मैले भेटेका खेम राज भट्ट नाम बताउने नेपाली साथी दिल्लीमा गाडीका पार्टपुर्जा बेच्ने काम गर्छु भन्नू हुन्थ्याे कुन्नी ! बिहान ६:०० बजे तिर तिनकाे कम्पनीकाे गाडी आयाे र वहाँ कम्पनीकाे गाडीमा दिल्ली प्रस्थान भए । हामी एक अर्काबाट छुट्टियाैं । अब पर्याे फसाद ! म पनि बिहान ६:०० बजे देखि लगातर ११ नम्बर गाडीमा पैदल यात्री बनें । हाईवे राेड (राजमार्ग) लाई नछाेडिकन कहिं कतै नराेकिएर खाना पानी बिना पागल जस्तै हिडिरहें ! मनमा हुन्शिखर देवताकाे नाम लिदै । हुनशिकर स्वामीलाई काेटी काेटी नमन गर्दछु । ११नम्बर गाडीकाे लगातारकाे यात्रा पछि साँझ ६:०० बजे तिर रामपुर भन्ने ठाउँमा पुगेछु । १२ घण्टाकाे पैदल यात्राबाट लखतरान भएकाे म साहसी पागल छाना र मानाकाे खाेजीमा हिंडे । पढ्दै जानुस रहस्यमय छ । मेला हेर्न गएकाे मान्छे गाेजीमा भएकाे पैंसा मेलामा रमाउँदै र अहिलेकाे गन्तव्य (रामपुर) सम्म पुग्दा गाेजी रित्तिन लागेकाे अवस्था…। सबै कुराकाे पाेल खाेलिदिएमा मलाई मनमा कुरा राख्न नसक्ने साहसी पागलकाे संज्ञा दिनुहुन्छ भन्ने संकाेचले याे कुरालाई यहीं बिट मारे ।
मेला जाँदा ईजा (आमा) ले मलाई मिठाई ल्याउनू भनेर १ किलाे घिउकाे डिब्बा दिनुभएकाे थियाे । झाेलाबाट घिउ निकालेर बेचेर खर्चकाे जाेहाे गर्ने विचार अायाे मनमा । म १६ बर्षे ठिटाे काँधमा झाेला र हातमा घिउ बाेकेर रामपुरका विभिन्न पसलहरु चहारीरहे । यति लामाे यात्रामा म लखतरान भए जस्तै घिउ पनि घायल भैसक्याे हाेला भन्ने कुरा बिर्सेछु । घिउले दिनु पर्ने स्वाद, गन्ध, स्वरुप, रंग आदि डिब्बाकाे ढक्कन (बिर्काे) खाेली हेर्दा त म छाँगाबाट खसेझैं भए । रामपुरकाे बैंक कालाेनी सिविटाकेजमा एक जना भद्र व्यक्तिसंग मुलाकात (भेट) हुन पुग्याे । धन्य हाे इष्टदेव हुन्शिखर साच्चीकै त्याे भद्र मान्छेकाे घट (मन) मा बसेछ । फेरि पनि हुन्शिखरलाई काेटी काेटी नमन गर्दछु ।
रामपुरमा त्याे भद्र व्यक्तिसँगकाे बसाई तथा मिलन र विछाेडका कुराहरु पाठकलाई जिज्ञासा भएमा अर्काे लेखमा उल्लेख गर्ने नै छु । महाकबि लक्ष्मीप्रसाद देवकाेटाकाे “उद्देश्य के लिनु उडी छुनु चन्द्र एक” भन्ने उक्ति जस्तै मेराे पनि एउटै लक्ष्य जम्मू कश्मीर जाने थियाे । ३/४ दिनकाे रामपुरकाे बसाइ पछि रेल (ट्रेन) बाट म फेरि जम्मू कश्मीरकाे लागि रमाना भएँ । बालकृष्ण समले भने जस्तै हे ईश्वर दु:खीकाे घरमा तिम्राे बास हुने भए मलाई अझ दु:ख दे ! बरेलीकाे आकाश मुनिकाे कठ्याङ्ग्रिने रातलाई ओझेल पार्दै मंसिर महिनाकाे मध्य तिर जम्मू कश्मीरकाे खुला आकाश मुनि सिरसिरे बतास संगै थरथर काप्ने कठ्याङ्ग्रिने जाडाेमा रेलवे स्टेशनमा बास बस्न पुगे । जम्मू कश्मीर रेलवे स्टेशनकाे रातकाे खुला आकाश मुनिकाे बसाइ सम्झदा अहिले पनि आङ सिरिङ्ग भएर आउँदछ । मंसिर महिनाकाे लगभग मध्यतिरकाे समय थियाे । स्टेशनमा म दिउँसाे करिब ४:०० बजेतिर नै पुगि सकेकाे थिएँ । रेलवे स्टेसन मानिसहरुकाे भीडले खचाखच भरिएकाे थियाे । त्यति बेला पनि सिरसिरे बतास त चलि नै रहेकाे थियाे । फेरि याे मेराे बेहाेसी मष्तिष्कले साेहि ठाउँमा विश्राम गर्न निर्देशित ग-याे र म त्यहीं कठ्याङ्ग्रिने जाडाेमा बास बस्न पुगें । रातकाे १०:०० बजि सक्दा त उक्त ठाउँमा शून्यता छायाे । ड्युटीगर्ने २/४ पुलिस र राडी कम्बल सहितका २/४ जना सेनाका लाहुरे बाहेक काेहि थिएनन् । जाडाेले गर्दा म त घरि यता घरि उता गर्न थालें । सुरुमा त पुलिसहरुले मलाई गालि गर्दै केरकार नगरेकाे भने हाेईन । मैले सबै कुरा पहाडी मिश्रित हिन्दीमा वृत्तान्त बताए पछि पुलिसकाे हवालबाट बचें । बिचरा ती पुलिस दाइहरुले रातभर आफ्नाे काेठामा लगेर आगाे तापेकाे कुरा अहिले पनि झल्झल्ति सम्झन्छुद । हे भगवान… जम्मू कश्मीर यात्रा सकेर पहाड दार्चुला फर्केर मैले जीवनमा यस्ताे गल्ती कहिल्यै पनि नगर्ने प्रण गर्दै आफ्नाे पढाइलाई निरन्तरता दिएर आफ्नाे कर्म र भाग्यले गर्दा हातमुख जाेडी रहेकाे कुरा जानकारी गराए । धन्यवाद !
मान सिंह धामी (भाैनबाटी)
मालिकार्जुन गाउँपालिका
हुनैनाथ -४ गाेठ्युडी (काेटबुङा)
दार्चुला