धनगढीमा अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण

Image
Nisarga Hospital

धनगढी : धनगढी उपमहानगरपालिकाले गत वर्ष झै यो वर्ष पनि खोजीखोजी अपाङ्गता सहायता सामग्री वितरण गरेको छ। उपमहानगरले यो वर्ष २ सय १६ जना अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरेको हो।

CP Hospital Dhangadhi

यो वर्ष २१ लाख ४० हजार ३ सय रुपैयाँ बराबरको अपाङ्गता सहायक सामग्री वितरण गरिएको उपमहानगरले जनाएको छ। उपमहानगरपालिकाले स्क्रिनिङ गर्न र सामग्री वितरण गर्न सर्वाङ्गिण अपाङ्गता विकास समाज धनगढीसँग प्रविधिक सहकार्य गरेको हो। गत वर्षसमेत अपाङ्गता भएका व्यक्तिलाई खोजीखोजी सहायक सामग्री वितरण गरिएको थियो। गत वर्ष १८९ जनालाई २०५ वटा सहायक सामग्री वितरण गरिएको थियो। १०५ जना पुरुष र ८४ जना महिलालाई गत वर्ष अपाङ्गता सहायक सामग्री वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए।

Attariya Hospital

उपमहानगरपालिका क्षेत्रलाई पाँच क्लस्टरमा विभाजन गरेर स्क्रिनिङ शिविर चालाए झै पाँच वटै क्लस्टरमा पुगेर सहायक सामग्री वितरण गरिएको महिला विकास अधिकृत पंकजा जोशीले बताइन्। उनले अपाङ्गता भएका व्यक्तिहरूको पहुँच वृद्धि गर्न उपमहानगरपालिकाले हरेक वर्ष सहायक सामग्री वितरण गर्दै आएको बताइन्। धनगढी उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सहायक सामग्री वितरण गर्ने कामलाई अभियानकै रुपमा लिएको छ। जसअनुरुप धनगढी क्लस्टर अन्तर्गत पर्ने वडा नम्बर १,२,३,४,५,७ र ८ मा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरूलाई शुक्रवार नगरपालिका परिसरमा सहायक सामग्री वितरण गरिएको हो। नगरपालिका परिसरमा बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म ५५ जनालाई सहायक सामग्री वितरण गरिएको हो।

nawajiwan