सुदूरपश्चिमको पहाडी जिल्लामा भोली देखि समिट एयरले नियमित उडान भर्ने, यस्तो छ समय तालिका

Image
Nisarga Hospital

सुदूरपश्चिमको पहाडी जिल्लामा समिट एयरले भोलिदेखि नियमित उडान भर्ने भएको छ।

CP Hospital Dhangadhi

समिट एयरले धनगढी केन्द्र बनाएर पहाडी जिल्लामा भोलिदेखि नियमित उडान भर्न लागेको हो। अब हप्ताको हरेक सोमबार र विहिबार नेपालगञ्जबाट धनगढी र पहाडी जिल्लामा उडान भर्ने कार्यतालिका छ। नेपालजञ्जबाट हुम्ला–सिमिकोट उडान गरेर विहान करिब ९ बजेट धनगढी आउने र धनगढी–बझाङ–धनगढी र धनगढी–साँफे र नेपालगन्ज उडान भर्ने तालिका बनाइएको छ। यो सोमबार उडाउन भर्ने कार्यतालिका हो।

अर्को सिमिकोटबाट धनगढी–बझाङ हुँदै नेपालगन्ज विहिबार उडान भर्ने गरी तालिका रहेको छ। सुदूरपश्चिमको पहाडी जिल्लामा नियमित उडान भर्ने योजना बनाएको समिट एयरको टुइन अटर बिमान मौसम लगायत कारण केही समय उडान कार्य अवरुद्ध बन्न पुगेको थियो। २०३५ सालमा धुले धावनमार्गमा हवाई उडान सुरु भएको बझाङ विमानस्थल २०६६ सालदेखि पूर्ण रुपमा बन्द थियो।

nawajiwan
Attariya Hospital

द्वन्द्वकालमा समेत नियमित उडान भइरहेको बिमानस्थलमा शान्ति स्थापना भएसंगै यात्रुहरुको संख्या घटेको कारण देखाउँदै नेपाल वायुसेवा निगमले उडान बन्द गरेको थियो। पछिल्लो समय पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धावनमार्ग कालोपत्र गरेपछि नियमित उडान सुरु भएको थियो।

बिचमा विविध कारण उडान हुन नकेपनि भोलिदेखि समिटले नियमित उडान भर्ने धनगढी विमानस्थल कार्यालका प्रमुख गणेशबहादुर सिंहले बताए। यसअघि धनगढीलाई बेस बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न परीक्षण उडान गरिएको थियो। समिट एयरले धनगढीबाट डोटी, बझाङ र बैतडीमा परीक्षण उडान गरेको थियो।