
सुदूरपश्चिम प्रदेशको बजेटबाट गोदावरी राजधानी हटाएपछि राप्रपा सांसद विष्टको आपति अत्तरिया : धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्थाले वृक्षारोपण गरेको छ । गोदावरी नगरपालिका वडा नम्बर ८ मजगाउँ मिल तथा खाद्य गोदाम परिसरमा सहकारीले वृक्षारोपण गरेको हो ।

शनिबार सहकारीको सञ्चालक समिति तथा कर्मचारीहरु वृक्षारोपण गरेका हुन् । ढेड बिघा जमिनमा स्थापना भएको खाद्य गोदाममा कृषी उपज संकलन कार्य शुरु गरेको नवजीवनले भण्डारीकरण, प्रसोधन एवं बजारिकरण सहित सोही जमिनमा कुटानी, पिसानी र पेलानी उद्योग सञ्चालन प्रक्रिया अगाडि बढाउने कार्य अन्तर्गत वृक्षारोपण गरिएको हो । संस्थाका सञ्चालक समिति उपाध्यक्ष चेतराज ओझाले खाद्य गोदाम परिसरमा गरिएको वृक्षारोपणले यहाँको वातावरण समेत स्वच्छ हुने अपेक्षा लिएको बताए ।

रुख रोपे मात्रै मानव जिवन सहज बन्ने बताएका उनले खाद्य गोदामको धुलो बस्तीमा जानबाट रोक्न बाँसका बोट पनि रोपेको जानकारी दिए ।
संस्थाका सञ्चालक समिति सदस्य गोपाल पाठकले बासँ, तेजपत्ता, दाल्चिनी, अमला, आप, अम्बा, कागती लगायतका बिरुवा रोपिएको बताए ।

संस्थाले कृषी उपजहरुलाई उपभोग्य बस्तुको रुपमा आफ्नै ब्राण्डिङ गरी सदस्यहरुलाई सुलभ मुल्यमा बिक्रि गर्न कुटानी, पिसानी तथा पेलानी उद्योग फर्म दर्ता गरिसकेको छ । मजगाउँमा मिलघर निर्माण गरी मेसिनहरु खरिद प्रक्रिया शुरु गरेको छ ।






























