
नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० विश्व वरीयताको अलराउन्डरतर्फ दोस्रो स्थानमा उक्लिन सफल भएका छन्। उनले यसअघिको वरियतामा चार स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका हुन्।

उनी चार स्थान फड्को मार्दै दोस्रो स्थानमा पुगेका छन्। नेपाली खेलाडी आइसिसी वरीयताको कुनै पनि क्याटागोरीमा दोस्रो स्थानमा पुगेको यो पहिलो पटक हो।अलराउन्डरको शीर्ष स्थानमा इंग्ल्यान्डका लियाम लिभिङस्टोन छन्।

दीपेन्द्रले अस्ट्रेलियाका मार्कस स्टोइनिस (तेस्रो स्थान), जिम्बावेका सिकन्दर राजा (चौथो स्थान), श्रीलंकाका विनन्दु हसरंगा (पाँचौ स्थान) र अफगानिस्तानका मोहमद नाबी (छैटौं स्थान) लाई पछि पारेका हुन्।
































