एनपिएलको उद्घाटन खेलमा जनकपुर बोल्टले विराटनगर किंग्सलाई ८ विकेटले हरायो, मिलन्थाले गरे उत्कृष्ट ब्याटिङ

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले विजयी सुरुआत गरेको छ ।

CP Hospital Dhangadhi

कीर्तिपूरमा भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै सुखद् सुरुआत गरेको हो ।

जनकपुरका ओपनरद्वय अनिल साह र आसिफ शेख भने चल्न सकेनन्। आसिफलाई विराटनगरका क्रिस सोलले पहिलो ओभरको चौथो बलमा शून्यमा बोल्ड गरे। दोस्रो ओभरको अन्तिम बलमा अनिललाई विराटनगरका प्रतिश जिसीले पनि ५ रनमा बोल्ड गरेका थिए।

nawajiwan

त्यसपछि जनकपुरका लाहिरू मिलन्था र हर्ष थाकरबीच तेस्रो विकेटका लागि नटआउट ११६ रनको साझेदारी भयो। मिलन्था अमेरिकामा क्रिकेट खेल्ने श्रीलंकन मूलका खेलाडी हुन्। थाकर क्यानडाका अलराउन्डर हुन्।

Attariya Hospital

उद्घाटन खेलमा विराटनगरले मार्टिन गप्टिलको अर्धशतकका बावजुत कमोजर ब्याटिङ गर्‍यो। टस जितेको जनकपुर बोल्ट्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगर १९ ओभरमा १२७ रनमा अलआउट भयो।

विराटनगरका लागि न्युजिल्यान्डका गप्टिलले ५५ रन जोड्ने क्रममा ७ चौका र १ छक्का प्रहार गरे। १४औं ओभरको अन्तिम बलमा उनी हर्ष थाकरको बलमा जनकपुरका कप्तान अनिलकुमार साहबाट क्याच भए।