
अत्तरियाः इसाई समाज गोदावरीले क्रिसमस डे को अवसरमा गोदावरी नगरपालिका वडा न. १० को आशिष चर्चमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।

ख्रिष्टमस को जन्म दिनको अबसरमा आयोजना गरिएको यस कार्यक्रममा समाजका अध्यक्ष पास्टर डेविड कैनीको सभापतित्व रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले क्रिसमस डे को अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ। उहाँले नगरवासीहरूलाई क्रिसमसको शुभकामना दिँदै शान्ति, समृद्धि र भाइचारा कायम राख्न आग्रह गर्नुभएको छ।
क्रिसमसको अवसरमा गोदावरी नगरपालिकामा विभिन्न कार्यक्रमहरू आयोजना भएका छन्, जसमा स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको छ। नगरपालिकाले यी कार्यक्रमहरूलाई सफल बनाउन विशेष पहलहरू गरेको छ।

नगर प्रमुख भट्टले क्रिसमसको अवसरमा सबैलाई मिलेर समाजमा एकता र सद्भाव कायम राख्न प्रेरित गर्नुभएको छ। उहाँले नगरपालिकाको विकास र समृद्धिका लागि सबैको सहयोग आवश्यक रहेको पनि उल्लेख गर्नुभएको छ।
यस पालिका भित्र रहेका विभिन्न धर्म, संस्कृति र परम्परालाई जोगाउन नगरपालिकाले सहयोग गर्दै आइरहेको बताए। उनले नगरपालिकाभित्र रहेका मण्डली र संस्थाहरूको विकासका लागि निरन्तर साथ दिने प्रतिवद्धता व्यक्त गर्दै मृत्यु पश्चात गरिने संस्कार प्रक्रियालाई व्यवस्थित गर्न सम्बन्धित पक्षसँग सल्लाह गरेर अगाडि बढ्ने कुरा पनि उल्लेख गरे।

शुभकामना आदानप्रदान कार्यक्रममा गोदावरी नगरपालिकाका बडा न. १० का वडा अध्यक्ष रबिन्द्र शाही ‘ गुड्डु’ लगायत स्थानीय इसाई समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। वडा अध्यक्ष शाहीका अनुसार यस कार्यक्रममा समुदायका सदस्यहरूबीच आपसी मित्रता र एकता बढाउने प्रयास गरिएको हो।
क्रिश्चियन धर्मका प्रवर्तक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा विश्वभर इसाई समुदायले मनाउने प्रमुख पर्व हो। यस अवसरमा केही दिन अगाडी इसाई समाज गोदावरीले अत्तरिया बजारमा विशेष कार्यक्रम गरी शुभकामना आदानप्रदानक कार्यक्रमको आयोजना समेत गरेको थियो ।






























