
धनगढीमा हुने प्रथम निता स्मृति राष्ट्रिय उसु प्रतियोगिताको मुख्य उद्देश्य स्वर्गीय निता खड्काप्रति सम्मान प्रकट गर्दै शोकाकुल परिवारलाई सान्त्वना दिनु र खेलकुदप्रतिको महत्त्व उजागर गर्नु हो।

यो प्रतियोगिता पुस १४ देखि १६ सम्म सुदूरपश्चिम प्रदेश उसु संघको आयोजनामा कर्मचारी संचय कोषको खुला मैदानमा हुनेछ। प्रतियोगितामा तीन विभागीय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी) र सातवटै प्रदेशका टिम गरी कुल १० टिम सहभागी हुनेछन्।

खेलमा १ सय ९६ खेलाडी (१ सय ८ पुरुष र ८८ महिला) सहभागी हुनेछन्। प्रतियोगिताको अनुमानित खर्च करिब रु। ४८ लाख २५ हजार ७५० रहेको छ, जसमध्ये सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले रु। २० लाख प्रदान गर्नेछ। बाँकी रकम विभिन्न संघसंस्थाबाट जुटाइनेछ।

यो प्रतियोगिता सान्सौं (सान्दा) विधामा केन्द्रित हुनेछ। आयोजकले ९०% तयारी पूरा गरिसकेको र बाँकी काम दुई दिनभित्र सकिने जानकारी दिएका छन्।






























