धनगढी डान्स च्याम्पियनसिप सिजन ३ का विजेताहरू अत्तरियामा सम्मानित

Image
Nisarga Hospital

अत्तरियाः धनगढी डान्स च्याम्पियनसिप सिजन ३ मा पहिलो स्थान प्राप्त गरेकी रीतिका घतला र तेस्रो स्थान हासिल गरेका एलेक्स भुललाई सम्मान गरिएको छ।

CP Hospital Dhangadhi

सोमबार डोटेली संस्कृति संरक्षण समाज गोदावरीले पुस १५ को अवसरमा आयोजना गरेको देउडा कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो।

कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकायाले दुवै जनालाई खादा लगाई सम्मान गरिन्।

nawajiwan

समाजले डान्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेर डोटेली कला र संस्कृति प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै उनीहरुलाई सम्मान गरेको हो।

Attariya Hospital
oplus_131074

कार्यक्रममा प्रमुख अतिथि रोकायाले यस्ता गतिविधिले नयाँ प्रतिभाहरुलाई प्रोत्साहन गर्ने मात्र नभई क्षेत्रीय संस्कृति जगेर्नामा पनि भूमिका खेल्ने बताइन्। उनले स्थानीय प्रतिभाहरुलाई प्रोत्साहित गर्न आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुति पनि गरिएको थियो भने सहभागीहरुले डोटेली परम्परागत नृत्य र संगीतको आनन्द लिएका थिए।