देशभर मौसमी अस्थिरता : चट्याङसहित वर्षा र उच्च क्षेत्रमा असिना पानीको सम्भावना

Image
Nisarga Hospital

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायु, स्थानीय वायु, तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहेको छ।

CP Hospital Dhangadhi

यस प्रभावका कारण विशेष गरी कोशी, मधेस, बागमती, कर्णाली र लुम्बिनी प्रदेशमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। देशका पहाडी तथा उच्च पहाडी भूभागहरूमा आंशिकदेखि साधारणतया बदली देखिएको छ भने अन्य क्षेत्रहरूमा मौसम मुख्यतः सफा देखिन्छ।

आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। ती क्षेत्रका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासँगै हिमपात हुने संकेत विभागले दिएको छ।

nawajiwan
Attariya Hospital

रातको समयमा पनि कोशी र मधेस प्रदेशसहित पहाडी भूभागहरूमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। विशेष गरी कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रमा हिमपातको जोखिम कायमै रहेकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

विभागले यस्ता मौसमी गतिविधिहरूका कारण आकस्मिक मौसम परिवर्तन, चट्याङ तथा हिमपातको सम्भावित प्रभावबाट बच्न सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

Advertize US