अर्थमन्त्रीद्वारा आर्थिक वर्ष २०८२/८३ का लागि बजेट भाषण (भिडियो सहित)

Image
Nisarga Hospital
CP Hospital Dhangadhi

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै नेपालको अर्थतन्त्र सकारात्मक लयमा अगाडि बढिरहेको दाबी गरेका छन्। संघीय संसद्मा बजेट भाषण सुरु गर्दै उनले अघिल्लो वर्ष ३.७ प्रतिशत रहेको आर्थिक वृद्धिदर चालु वर्षमा ४.६ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको जानकारी दिए।

nawajiwan

अर्थमन्त्री पौडेलले अघिल्लो वर्ष नकारात्मक देखिएको उत्पादनमूलक र निर्माण क्षेत्र यस वर्ष सुधार हुँदै सकारात्मक अवस्थामा प्रवेश गरेको उल्लेख गरे। उनले अर्थतन्त्र पुनरुत्थानको बाटोतर्फ उन्मुख भएको स्पष्ट पारे।

Attariya Hospital

उनले बजेट भाषणमा बाह्य क्षेत्र सन्तुलित रहेको र वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको बताएका छन्। यसले निजी क्षेत्रलाई ऋण प्रवाह सहज भएको र लगानीको वातावरण सुधारिएको संकेत गरेको उनको भनाइ थियो।

बजेट भाषणमार्फत अर्थमन्त्रीले समग्र आर्थिक सूचकहरूमा सुधारको संकेत देखिएको भन्दै आगामी वर्षको नीति, कार्यक्रम र बजेटले उक्त प्रवृत्तिलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।
बजेटमा रोजगारी सिर्जना, उत्पादन वृद्धिको प्रोत्साहन, पूर्वाधार विकास, सामाजिक सुरक्षा र वित्तीय अनुशासनमा जोड दिइएको उल्लेख गरेका छन्।

Advertize US