सात मतको अन्तरले अध्यक्षमा निर्वाचित, अनेरास्ववियुको नेतृत्व सुजन कडरियाको हातमा

Image
Nisarga Hospital

नेकपा (एमाले) निकट अनेरास्ववियुको २४ औँ महाधिवेशनबाट सुजन कडरिया अध्यक्षमा निर्वाचित भएका छन्। बिहीबार विद्युतीय प्रणालीबाट सम्पन्न मतदानमा कडरियाले ७३२ मत प्राप्त गर्दै प्रकाश पौडेललाई ७ मतले पराजित गरे। खुला उपाध्यक्षमा विकास श्रेष्ठ र महिलातर्फ अञ्जना सिवाकोटी विजयी भए।

CP Hospital Dhangadhi

महासचिवमा दीपक धामी ७८५ मतसहित निर्वाचित भए। सचिवमा आकाश घर्ती मगर, रचना सापकोटा, समिम बाबु खान र गोपाल नेपाल विजयी भए।

Attariya Hospital

निर्वाचन आयोगतर्फ जितप्रसाद सिटौला अध्यक्षमा, प्रविन गिरी उपाध्यक्ष र विशाल पराजुली सचिवमा निर्वाचित भए। लेखा आयोगमा अञ्जली लम्साल अध्यक्ष, समीक्षा ढकाल उपाध्यक्ष र गगनसिंह बस्नेत सचिव बने। अनुशासन आयोगमा सुमन घिमिरे अध्यक्ष, आकाश गिरी उपाध्यक्ष र स्मृति अधिकारी सचिव निर्वाचित भए।

nawajiwan

नीति, योजना तथा अनुसन्धान आयोगमा प्रकाश विष्ट अध्यक्ष, योगेश बम उपाध्यक्ष र विष्णु पाण्डे सचिवमा विजयी भए।

Advertize US