भेरी नदीमा टिपर खस्दा चालकसहित तीनजना बेपत्ता

Image
Nisarga Hospital

रुकुम पश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा गएराति टिपर खस्दा चालकसहित तीनजना बेपत्ता भएका छन्।

CP Hospital Dhangadhi

जाजरकोटको नलगाड नगरपालिका दल्लीबाट रिम्नातर्फ जाँदै गरेको यती बिल्डर्सको रा १ क १५०१ नम्बरको टिपर भेरी करिडोरको निर्माण कार्यमा प्रयोग भइरहेको थियो। टिपर भेरी नदीमा खसेको पुष्टि इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिबकुमार चौधरीले गरे।

Attariya Hospital

बेपत्ताहरूको खोजीका लागि रुकुम पश्चिम र जाजरकोटबाट प्रहरी टोली परिचालित गरिएको छ। तर, भेरी नदीमा पानीको बहाव उच्च भएकाले खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ। हालसम्म बेपत्ताहरूको नाम र ठेगाना खुल्न नसकेको जनाइएको छ।

nawajiwan