
अस्ट्रेलियामा आगामी अगस्ट १४ देखि २४ सम्म आयोजना हुने टप एन्ड टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। १६ सदस्यीय टोलीमा अधिकांश पुरानै खेलाडीले स्थान बनाएका छन्।
यो सिरिज अक्टोबरमा ओमानमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रीय छनोटको तयारीस्वरूप खेलिने हो। अस्ट्रेलियाको डार्विन सहरमा हुने प्रतियोगिता नेपाली टोलीका लागि महत्त्वपूर्ण अभ्यास हुने अपेक्षा गरिएको छ।
नेपालले सिरिजको पहिलो खेल अगस्ट १५ मा नर्दर्न टेरिटोरी स्ट्राइकर्ससँग खेल्नेछ। त्यसपछि:
-
अगस्ट १६ : बंगलादेश ‘ए’
-
अगस्ट १८ : मेलबर्न स्टार्स
-
अगस्ट १९ : होबर्ट हुरिकेन्स
-
अगस्ट २० : फेरि मेलबर्न स्टार्स
-
अगस्ट २२ : पाकिस्तान शाहिन्स
अस्ट्रेलिया भ्रमण सकिएपछि नेपाली टोलीले सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्ने तयारी पनि गरेको छ। त्यसपछि टोली ओमानतर्फ प्रस्थान गर्नेछ जहाँ विश्वकप छनोट खेलिनेछ।
अस्ट्रेलिया भ्रमणका लागि नेपाली टोली:
१. रोहित पौडेल (कप्तान)
२. दीपेन्द्रसिंह ऐरि (उप–कप्तान)
३. सन्दीप लामिछाने
४. कुशल भुर्तेल
५. आसिफ सेख
६. कुशल मल्ल
७. गुलशन झा
८. आरिफ सेख
९. भीम सार्की
१०. रुपेस कुमार सिंह
११. सोमपाल कामी
१२. नन्दन कुमार यादव
१३. करण केसी
१४. रिजन ढकाल
१५. लोकेस बम
१६. ललित नारायण राजवंशी


















