
गोरखाको चुमनुब्री गाउँपालिका–६ का वडाध्यक्ष सरोज लामाले आफ्नो राजनीतिक जीवनलाई स्थायी बिदा दिँदै जर्मनी प्रस्थान गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले भावुक स्टाटस लेख्दै आफ्नो निर्णय सार्वजनिक गरेका छन्।

लामाले लेखेका छन्, “सकेसम्म सबैको भलो गर्ने प्रयास गरेँ, तर कहिल्यै पूर्ण आत्मसन्तुष्टि पाएँन। अब जीवनलाई पुनः शून्यबाट सुरु गर्ने निर्णयसहित राजनीतिबाट बिदा भएको घोषणा गर्दछु।”

उनको जिम्मेवारी वडा सदस्य ठिन्ले घ्याम्छोलाई कार्यवाहक अध्यक्षको रूपमा हस्तान्तरण गरिएको छ। फर्किने वा नफर्किने विषयमा अहिलेसम्म स्पष्ट जानकारी आएको छैन। सरोज लामा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन्।































