आइसीसी टी–२० वरीयताः दीपेन्द्र सिंह ऐरी तेस्रो स्थानमा, नाबी दोस्रोमा उक्लिए

Image
Nisarga Hospital

नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको नयाँ टी–२० अलराउन्डर वरीयतामा एक स्थान तल झरेका छन्।

CP Hospital Dhangadhi

बुधबार प्रकाशित नवीनतम वरीयताअनुसार अफगानिस्तानका मोहम्मद नाबी दोस्रो स्थानमा उक्लिँदा ऐरी तेस्रो स्थानमा ओर्लिएका हुन्। भारतका हार्दिक पाण्ड्या भने पहिलो स्थानमै यथावत् छन्।

वरीयतामा चौथो स्थानमा वेस्टइन्डिजका रोस्टन चेज र पाँचौँ स्थानमा इङ्ल्यान्डका लियम लिभिङ्स्टोन स्थिर छन्।

nawajiwan
Attariya Hospital

नेपालका अन्य खेलाडीमध्ये कुशल भुर्तेल ३४ औँ स्थानमा यथावत् छन्। गुल्सन झा ५९ औँ स्थानमा रहँदा कप्तान रोहित पौडेल, कुशल मल्ल र करण केसी भने एक–एक स्थान तल झरेका छन्। यसअनुसार पौडेल ७० औँ, मल्ल ७१ औँ र केसी ८९ औँ स्थानमा पुगेका छन्।

👉 ऐरी अझै पनि विश्वका शीर्ष तीन अलराउन्डरमध्ये रहन सफल भएका छन्, जसले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा थप चमक दिन सहयोग पुर्‍याएको छ।

Advertize US