नेपाली क्रिकेट टोलीको भिसा समस्या समाधान, वेस्ट इन्डिज सिरिजका लागि यूएई प्रस्थान तय

Image
Nisarga Hospital

नेपाली क्रिकेट टोलीको वेस्ट इन्डिजसँगको सिरिजमा सहभागी हुनका लागि आवश्यक भिसा समस्या अन्ततः समाधान भएको छ। नेपाली टोली भोलि युएई प्रस्थान गर्ने तयारीमा छ।

CP Hospital Dhangadhi

नेपालमा हालैको जेनजी आन्दोलनका क्रममा हजारौं कैदीहरू जे’लमुक्त भएपछि यूएई सरकारले अस्थायी रूपमा नेपाली नागरिकलाई भिसा दिन रोक लगाएको थियो। यसले खेलाडीहरूको यात्रा र तयारीमा अवरोध सिर्जना गरेको थियो।

Attariya Hospital

क्यानले तत्काल इमिरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग पहल गर्दै खेलाडीहरूको भिसा प्रक्रिया अघि बढाएको थियो। पहलपछि मात्र भिसा जारी भएको हो।

nawajiwan

क्यानका अधिकारीहरूले खेलाडीहरू समयमै युएई पुग्ने र अभ्यास तथा सिरिजमा कुनै असर नपर्ने बताएका छन्। यससँगै नेपाली क्रिकेट प्रेमीहरू अब आफ्ना खेलाडीको प्रदर्शन हेर्न उत्साहित भएका छन्।