आजको मौसमः देशभर मनसुनी वर्षा जारी, ५ प्रदेशको केही स्थानमा भारी वर्षाको चेतावनी

Image
Nisarga Hospital

देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी हावाको प्रभाव रहँदा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र मधेस प्रदेशका अधिकांश क्षेत्रमा पूर्ण बदली छ भने बागमती र लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार कोशी र मधेसका धेरै स्थान तथा देशका पहाडी र तराईका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। त्यस्तै, कोशी प्रदेशका केही पहाडी भू–भागमा भारी वर्षा पनि हुन सक्ने चेतावनी जारी गरिएको छ।

Attariya Hospital

आइतबार पनि कोशी, मधेस र बागमती प्रदेशलगायत पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। मौसम बुलेटिन अनुसार, वर्षाको प्रभावका कारण नदी–नाला आसपास र जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन सबै नागरिकलाई सचेत गराइएको छ। नागरिकहरूले अनावश्यक यात्रा नगर्न र सुरक्षित स्थानमा रहन ध्यान दिनुपर्ने उल्लेख गरिएको छ।

nawajiwan
Advertize US