कुशल भुर्तेलको उत्कृष्ट अर्धशतकको योगदानमा नेपालले आईसीसी टी–२० विश्वकप एसिया/ईस्ट–एशिया प्यासेफिक छनोटमा कुवेतलाई १४२ रनको लक्ष्य दिएको छ।
अल इमिरेट्स क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनायो। कुशल भुर्तेलले ५६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ६६ रन बनाए। दिपेन्द्र सिंह ऐरी र गुलशन झाले समान २०–२० रनको योगदान दिए भने रोहित पौडेलले १६ रन थपे। सदीप जोरा ५, कुशल मल्ल ४ र आसिफ शेखले २ रन बनाउँदै टीमको स्कोर पूरा गरे।


कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदीप चन्थामराले दुई–दुई विकेट लिए भने मोहम्द आक्विफ फारुख र मोहम्द अश्लामले समान एक–एक विकेट लिए। अब कुवेतले १४२ रनको लक्ष्य प्राप्त गर्न मैदानमा संघर्ष गर्नेछ।
नेपालको बलिङ र ब्याटिङ प्रदर्शनले खेललाई रोमाञ्चक बनाएको छ।