धनगढीमा एसपीए लिटिल फ्लावर प्राइड लिग सुरु: १३ टोलीको सहभागिता, सत्यवतीको बिजयी सुरुवात

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशको क्रिकेट गतिविधिलाई थप सक्रिय बनाउने उद्देश्यसहित नवौं संस्करणको एसपीए लिटिल फ्लावर प्राइड लिग टी–२० ओपन क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु भएको छ। लिटिल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा विभिन्न क्लब, कलेज तथा एकेडेमीका गरी १३ टोली सहभागी छन्।

CP Hospital Dhangadhi

प्रतियोगिताका सबै खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आयोजना हुने आयोजकले जनाएको छ। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा राजपुर स्पोर्ट्स क्लब, निस्ट कलेज र टिम बगाइचा छन् भने समूह ‘बी’ मा युथ अफ टिकापुर, मधेश इलाइट र धनगढी रोयल्स रहेका छन्।

nawajiwan

Attariya Hospital

त्यस्तै समूह ‘सी’ मा घोडाघोडी क्रिकेट एकेडेमी, एसपीए कलेज र खप्तड इन्डोर छन् भने समूह ‘डी’ मा आगन केक्स एन्ड डेरी, लिटिल फ्लावर स्पोर्ट्स, सत्यवती एकेडेमी र सुदूरपश्चिम ब्वाइज होस्टेल सहभागी छन्।

प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ।

क्रिकेटको स्कोर बोर्ष हेर्नका लागि यहाँ क्लिक गर्नुहोस ।