आजको मौसमः पश्चिमी वायुको आंशिक प्रभाव, पहाड–हिमालमा बादल, तराईमा हुस्सु र हल्का हिमपातको सम्भावना

Image
Nisarga Hospital

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावका कारण देशका विभिन्न भूभागमा मौसममा फरक–फरक असर देखिएको छ। महाशाखाका अनुसार कोशी प्रदेश र मधेस प्रदेशका केही स्थानमा बिहानैदेखि हुस्सु लागेको छ भने कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि साधारणतया बादल देखिएको छ।

CP Hospital Dhangadhi

आज दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु तथा कुहिरो रहने सम्भावना रहेको छ। यसले दैनिक जनजीवन, यातायात तथा हवाई सेवामा आंशिक प्रभाव पार्न सक्ने महाशाखाले जनाएको छ। देशभर आंशिक बादल रहने अनुमान गरिएको छ भने गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ।

Attariya Hospital

राति पनि तराईका केही स्थानमा हुस्सु कायमै रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल रहने प्रक्षेपण गरिएको छ। साथै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात र वर्षाको सम्भावना रहेकोले चिसो बढ्न सक्ने र जनजीवन प्रभावित हुन सक्ने महाशाखाले सचेत रहन आग्रह गरेको छ।

nawajiwan

मौसमको यस्तो अवस्थालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।