बेल्डाँडी गाउँपालिकाले छोरी जन्माउने आमालाई रु ३ हजार प्रोत्साहन भत्ता दिने घोषणा

Image
Nisarga Hospital

कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाले लैङ्गिक समानता प्रवर्द्धन र गर्भपतन रोक्ने उद्देश्यले छोरी जन्माउने आमालाई रु ३ हजार प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको छ। गाउँपालिका उपाध्यक्ष शान्ती नाथका अनुसार, पछिल्लो समय लिङ्ग पहिचान गरेर गर्भपतन गर्ने प्रवृत्ति बढेकाले छोरी जन्माउने आमालाई प्रोत्साहन दिन यो कदम उठाइएको हो।

CP Hospital Dhangadhi

आर्थिक वर्ष २०७९/८० बाट सुरु गरिएको ‘उपाध्यक्ष कोसेली’ कार्यक्रमअन्तर्गत हालसम्म ३५३ आमाले भत्ता पाइसकेका छन्। चालु वर्षमा ४० आमाले छोरी जन्माएबापत रु ३ हजार भत्ता पाएका छन्। भत्ता लिनका लागि विवाह दर्ता र बालिकाको जन्मदर्ता अनिवार्य भएकाले यसले बालविवाह रोक्नेमा पनि सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

Attariya Hospital

यसअघि पालिकाले सुत्केरी आमालाई पोषण भत्ता स्वरुप रु ५०० दिने गरेको थियो। ‘उपाध्यक्ष कोसेली’ कार्यक्रमअन्तर्गत गर्भपतिलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइन्छ भने जिल्लाबाहिर रेफर गर्दा ५० प्रतिशत छुट पाइन्छ।

nawajiwan

उपाध्यक्ष नाथले ३५ वर्ष नाघेका अविवाहित महिलालाई मासिक रु २ हजार ५०० भत्ता, पालिकाभित्रका तेस्रो लिङ्गीलाई मासिक भत्ता र टुहुरा बालबालिकालाई पोसाक भत्ता उपलब्ध गराउने योजना अघि बढाइरहेको पनि जानकारी दिइन्। यसले स्थानीय नागरिकलाई स्वास्थ्य, सुरक्षा र सामाजिक राहत सुनिश्चित गरेको छ।