छिमेक लघुवित्तद्वारा आधारभूत जुत्ता-चप्पल उत्पादन तालिम सम्पन्न

Image
Nisarga Hospital

बाँके: छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा आयोजित आधारभूत जुत्ता तथा चप्पल उत्पादन तालिम सफलतापूर्वक सम्पन्न भएको छ। संस्थाको कोहलपुर ‘क’ शाखाको आयोजनामा यहीँ फाल्गुन २० गतेदेखि २४ गतेसम्म सञ्चालन भएको तालिम एक औपचारिक कार्यक्रमका साथ सम्पन्न गरिएको हो।

CP Hospital Dhangadhi

तालिम समापन कार्यक्रममा बोल्दै शाखा प्रबन्धक संकल्प लामिछानेले छिमेक लघुवित्तले आफ्ना ग्राहकलाई केवल वित्तीय सेवामा सीमित नराखी व्यवसायिक र उद्यमी बनाउने लक्ष्यसहित विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको बताए। उनले जुत्ता-चप्पल उत्पादनजस्तो व्यवहारिक तालिमले स्वरोजगार सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै, तालिम प्रभावकारी र उपयोगी रहेको उल्लेख गरे।

nawajiwan

Attariya Hospital

तालिममा सहभागी प्रशिक्षार्थीहरूले पनि तालिमबाट नयाँ सीप र आत्मविश्वास प्राप्त भएको प्रतिक्रिया दिएका छन्। सहभागीहरूले सिकेको सीपलाई व्यवहारमा उतार्दै आफ्नै व्यवसाय सुरु गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

तालिमको प्रशिक्षकका रूपमा हाल जुत्ता-चप्पल उत्पादन उद्योग सञ्चालन गर्दै आएकी गीता विकले सहजीकरण गरेकी थिइन्। उनले तालिम अवधिभर जुत्ता-चप्पल उत्पादनका आधारभूत विधि, कच्चा पदार्थ छनोट, लागत व्यवस्थापन, बजार सम्भावना तथा व्यवसाय सञ्चालनका व्यावहारिक पक्षबारे प्रशिक्षण दिएकी थिइन्।

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी दिनमा पनि ग्राहकको आर्थिक सशक्तीकरणका लागि यस्ता सीपमूलक तथा उद्यमशीलता विकासका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।