“साम्बा”लाई घुँडाको जटिल चोट– उपचारका लागि ८० हजार डलर सहयोग अपिल

Image
Nisarga Hospital

नेपाली महिला फुटबलकी राष्ट्रिय टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ अहिले आफ्नो करियरकै सबैभन्दा कठिन मोडमा उभिएकी छिन्। पछिल्लो सात हप्तादेखि गम्भीर घुँडाको चोटका कारण मैदानबाहिर रहेकी उनले पुनः उच्चस्तरीय शल्यक्रिया आवश्यक भएको बताइन्। चिकित्सकहरूले एसीएल र एमसिएल दुवैमा क्षति देखाएर ७–८ महिनासम्मको रिह्याबसमेत आवश्यक रहेको बताएका छन्। प्रारम्भिक अनुमानअनुसार उपचार खर्च करिब ८० हजार अमेरिकी डलर पुग्नेछ।

CP Hospital Dhangadhi
Attariya Hospital

यसअघि चोट लाग्दा एन्फाको पहलमा उपचार व्यवस्थापन भएको थियो, तर यसपटक प्रशासनिक सहयोग नपाउँदा शल्यक्रिया ढिला भएको साम्बाले बताइन्। एन्फाबाट ५ लाख नगद सहयोग हुने जानकारी आएको भए पनि उपचार प्रक्रिया अघि बढाउन पर्याप्त सहजीकरण नभएको उनले उल्लेख गरिन्।

साम्बाले पुनः कतारस्थित विश्वस्तरीय अस्पतालमा शल्यक्रिया गराउने इच्छा व्यक्त गरेकी छिन्। नेपालका लागि अन्तर्राष्ट्रिय मञ्चमा खेल्दै पहिचान बनाएकी साम्बाले भावुक अपिल गर्दै भनिन्—“थाकेको हो, हारेको छैन। पुनः एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कनेछु।”

देश–विदेशमा रहनुहुने समर्थकहरूलाई सहयोगको आह्वान गर्दै उनले बैंक वा क्यूआरमार्फत सहयोग गर्न अनुरोध गरेकी छन्। विदेशमा रहेका शुभेच्छुकले यहाँ क्लिक गरी सहयोग गर्न सक्ने जनाइएको छ।

गम्भीर चोट, मानसिक दबाब र आर्थिक चुनौतीबीच पनि साम्बाको आत्मविश्वास अडिग छ। नेपाली फुटबलप्रेमीको साथमा उनले पुनरागमनको अठोट दोहोर्‍याएकी छन्।