पूर्वी र पहाडी भू-भागमा मेघगर्जन र हल्का वर्षा – मौसम महाशाखाको चेतावनी

Image
Nisarga Hospital

नेपालमा हाल उच्च चापीय प्रणाली उपल्लो वायुमण्डलमा र पूर्वी भू-भाग नजिक तल्लो चापीय क्षेत्रको आंशिक प्रभाव कायम छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी भू-भागमा आंशिक बादल छ। तराई भू-भागका केही स्थानहरूमा तुवाँलो परेको छ।

CP Hospital Dhangadhi

सोमबार पनि कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारण बादल लाग्ने र केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ। बाँकी भू-भागमा आंशिक बादल रहनेछ।

Attariya Hospital

मौसम विशेषज्ञहरूले नागरिकलाई पहाडी र हिमाली क्षेत्रका उच्च जोखिमयुक्त स्थानमा सावधानी अपनाउन र तराई भू-भागमा तुवाँलोको जोखिमबाट सतर्क रहन सुझाएका छन्।

nawajiwan