गुल्मीमा चट्याङ छलिँदा तीन महिला घाइते, एकको अवस्था गम्भीर

Image
Nisarga Hospital

गुल्मीको मालिका गाउँपालिका–२, दर्लिङमा शुक्रबार दिउँसो परेको चट्याङ लागेर तीन जना महिला घाइते भएका छन्। घाइते हुनेहरूमा ३२ वर्षीया गोमा खड्का, २८ वर्षीया निरू खड्का र २९ वर्षीया विष्णु खड्का रहेका छन्।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारूका अनुसार, घाइतेमध्ये एकजनाको अवस्था निकै गम्भीर छ। उनीहरूलाई तत्काल उद्धार गरी थप उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाइएको छ। चट्याङका कारण मानवीय क्षतिका साथै स्थानीयका तीनवटा बाख्रा समेत मरेका छन्।

Attariya Hospital

पछिल्लो समय पहाडी भेगमा हावाहुरी र मेघगर्जनसहितको मौसम सक्रिय रहेकाले सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। घाइतेहरूको पछिल्लो स्वास्थ्य अवस्थाबारे अस्पतालबाट थप विवरण आउन बाँकी छ।

nawajiwan