मेयर राजेशमान सिंह पक्राउ, लिखत सम्बन्धी कसुरमा पुर्जी जारी भएको ८ दिनपछि नियन्त्रणमा

Image
Nisarga Hospital

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको ८ दिनपछि पर्सा प्रहरीले उनलाई ठोरी क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा विशेष सूचनाका आधारमा पक्राउ गरेको हो।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सुदिपराज पाठकका अनुसार पक्राउ पुर्जी जारी भएपछि मेयर सिंह एकपटक अदालतमा उपस्थित भई पछि फरार भएका थिए। जेठ १२ गते जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा सिंहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

Attariya Hospital

स्थानीय लियाकत अलीको जाहेरीका आधारमा जारी पुर्जीपछि पक्राउ परेका सिंहलाई हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ।

nawajiwan