बहिष्कारको छायाँमा रास्वपा कैलालीको निर्वाचन, सभापतिमा कविन्द्र ठकुल्लाको प्रभावशाली जित

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको नयाँ नेतृत्व चयनका लागि सम्पन्न जिल्ला अधिवेशनअन्तर्गतको निर्वाचनमा कविन्द्र ठकुल्ला सभापतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न मतदानमा ठकुल्लाले ३३५ मत प्राप्त गर्दै निकट प्रतिस्पर्धीहरूलाई फराकिलो अन्तरले पराजित गरेका हुन्।

CP Hospital Dhangadhi

उनका प्रतिस्पर्धी महेश कुमार चौधरीले ३७ र हरी रेग्मीले २२ मत प्राप्त गरे। निर्वाचनअघि चौधरी र रेग्मीले निर्वाचन समिति अवैधानिक रहेको तथा मतदाता नामावलीमा धाँधली भएको आरोप लगाउँदै चुनाव बहिष्कार गरेका थिए। उनीहरूको बहिष्कारका बाबजुद पार्टीले मतदान प्रक्रिया अगाडि बढाएको थियो।

उपसभापतिमा रामलखन चौधरी १५२ मतसहित विजयी भए। सचिव पदमा मदनराज जोशी तथा सहसचिवमा गणेशबहादुर शाही निर्वाचित भएका छन्।

nawajiwan
Attariya Hospital

सदस्य पदमा लक्ष्मी रावल पौडेल, लक्ष्मी भट्ट, जंगबहादुर आलेमगर, दीपक बिक र नरदिपबहादुर धामी विजयी भए। यस्तै, क्षेत्रीय सदस्यतर्फ कैलाली–१ मा टंकप्रसाद जैशी ढुंगाना, कैलाली–२ मा कृष्णबहादुर बिष्ट, कैलाली–३ मा बासुदेव घरेडी र कैलाली–४ मा दुर्गा अधिकारी निर्वाचित भएका छन्।

कुल ५०८ मतदाता रहेको निर्वाचनमा ३३५ मत खसेको थियो। बहिष्कारको घोषणा गरेका दुवै उम्मेदवारले अपेक्षाकृत न्यून मत प्राप्त गरेपछि ठकुल्लाको नेतृत्वमा रास्वपा कैलालीमा नयाँ कार्यसमिति गठन भएको छ।