गृहमन्त्री सुधन गुरुङको पदभारपछि चार कडा निर्णय, दरबार हत्याकाण्ड फाइल पुनः खोल्ने घोषणा

Image
Nisarga Hospital

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले पदभार ग्रहण गरेका छन्। पदभार सम्हालेलगत्तै उनले देशको शान्ति–सुरक्षा र अनुसन्धान प्रणाली सुदृढ गर्ने उद्देश्यसहित चारवटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेका छन्।

CP Hospital Dhangadhi

उनका अनुसार पहिलो निर्णयस्वरूप २०५८ सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने प्रक्रिया अघि बढाइनेछ। दोस्रोमा जेनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गरिने भएको छ।

Attariya Hospital

त्यस्तै तेस्रो निर्णयअनुसार नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) लाई थप सशक्त बनाइनेछ। चौथो निर्णयमा अनुसन्धान प्रक्रियामा रहेका सबै फाइलहरूको छानबिन तीव्र बनाउँदै निष्कर्षमा पुर्‍याउने उल्लेख गरिएको छ।

nawajiwan

गृहमन्त्री गुरुङले यी निर्णयहरू सुशासन, जवाफदेहिता र अनुसन्धान प्रणालीलाई पारदर्शी बनाउने दिशामा महत्वपूर्ण हुने बताएका छन्।