गुरुवारको विशेष व्रत : विष्णु–वृहस्पति पूजा गरी धन, विद्या र सुख–समृद्धिको कामना

Image
Nisarga Hospital

बिहीबारलाई देवगुरु वृहस्पति र भगवान विष्णुको दिन मानिन्छ। यस दिन व्रत बसेर पूजा–अर्चना गरे धन, पुत्र र विद्या प्राप्त हुने विश्वास छ। साथै, लक्ष्मी माताको पनि विशेष पूजा गर्ने प्रचलन रहेको छ।

CP Hospital Dhangadhi

शुक्लपक्षको पहिलो बिहीबारदेखि सुरु हुने यो व्रत अनुराधा नक्षत्र परेको दिनबाट आरम्भ गर्दा अझै शुभ मानिन्छ। बिहान स्नान गरी पहेँलो वस्त्र धारण गरेर, पहेँलो फूल र चन्दन मिसाएर तयार गरिएको प्रसाद भगवानलाई अर्पण गर्ने चलन छ। यसरी पूजा गर्दा विष्णु प्रसन्न भई घरमा सुख–शान्ति र आशीर्वाद रहिरहने जनविश्वास छ।

Attariya Hospital

यो व्रत निरन्तर १३ महिना वा कम्तिमा सात महिनासम्म गर्नुपर्ने मान्यता छ। व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जप गर्ने परम्परा पनि प्रचलित छ।

nawajiwan