
पदम बहादुर साउद / बैतडीः बैतडीको सिगास गाउँपालिका वडा नं. ५ खैरकोटमा जन्म लिएकी सिगासकी चेली भावना बिसीको आवाजमा सजिएको देउडा गीत “साइकी कोल मन भुलिगै” सार्वजनिक भएको छ । देशको लोकप्रिय कार्यक्रम इन्द्रेणीमा समेत आफ्नो प्रस्तुती दिइसकेकी सुमधुर आवाजकी धनी गायीका भावना बिसीको डेउडा गीत बजारमा आएको हो ।


कृष्ण तिरुवाको साइकी कोल मन भुलिगै बोलको देउडा गीतमा सिगासकी चेली भावना बिसी र पविन्द्र सुनारको आवाज रहेको छ । विशेष डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा धनराज पार्कीको संगीत रहेको छ भने मिश्रण र एरेन्जको काम विजय थापाले गर्नुभएको छ ।
भिडियोमा मोडल रमेश सिलाल र सपना सिलाल रहनुभएको छ। क्यामेरामा र सम्पादन कमल थापाले गर्नुभएको छ । पदम बिकको निर्देशन रहेको उक्त गीत भिडियो सहित गौतम डिजिटल प्रालि बाट सर्वत्र बजारमा सार्वजनिक भएको छ ।
साइकी कोल मन भुलिगै बोलको देउडा गीत सार्वजनिक भएसंगै भावना बिसीले उत्साहित हुदै साथ सपोर्ट गर्ने अपेक्षा लिएकी छन् । उहाँको गीतलाई सबैले लाइक कमेन्ट र शेयर गरेर साथ दिनुहोला धन्यवाद ।
भिडियो हेर्नु यहाँ क्लिक गर्नुहोस ।































