
लेगस्पिनर सन्दीप लामिछानेको ह्याट्रिकसहित ५ विकेटको प्रदर्शनमा नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास टी–२० खेलमा **अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)**लाई ४१ रनले पराजित गरेको छ।

नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटी १७.२ ओभरमा १३६ रनमा अलआउट भयो। एसीटीका लागि जेक स्मिथ ५० तथा जाक केघ २५ रन बनाए भने अन्त्यतिर काइ ब्रंकर २६ रन अविजित रहे।
नेपालका लागि सन्दीपले ४ ओभरमा ३१ रन खर्चेर ५ विकेट लिए। त्यस्तै करण केसी २, कुशल भुर्तेल र रुपेश सिंह १–१ विकेट लिए।


नेपालले टस हारेर पहिले ब्याटिङ गर्दा २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो। ओपनर आसिफ शेख ३८ बलमा ६९ रन, कप्तान रोहित पौडेल ३६ रन बनाए।
नेपालले आजै दोस्रो टी–२० खेल्नेछ र त्यसपछि २८ र ३० अगस्टमा साउथ अस्ट्रेलियाको टिमसँग २ टी–२० र एक वान डे खेल खेल्नेछ। अस्ट्रेलिया टुर आगामी विश्वकप छनोटको तयारीका लागि महत्वपूर्ण मानिएको छ।





























