बालेनको जनकपुरधाम यात्रा: बिहानै जानकी मन्दिर दर्शन, चुनावी सभाको तयारी

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सोमबार बिहानै जानकी मन्दिरको दर्शन गरेका छन्।

CP Hospital Dhangadhi

बिहान ६ बजेअघि नै मन्दिर पुगेका बालेनसँगै पूर्व सांसद अमरेशकुमार सिंह पनि एउटै पोशाकमा देखिएका थिए। बिहानको प्रारम्भिक समयमा नै मन्दिर परिसरमा बालेनका समर्थकहरूको उल्लेख्य भीड लागेको थियो।

Attariya Hospital

बालेन जनकपुरधाममा रास्वपाले आयोजना गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न पुगेका हुन्। आइतबार मात्र काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका उनले त्यसपछि रास्वपा कार्यालयमा पदभार ग्रहण गर्दै जनकपुर प्रस्थान गरेका थिए।

nawajiwan

रास्वपाले मधेश प्रदेश केन्द्रित फागुन २१ गते हुने चुनावलाई लक्षित गर्दै जनकपुरधाममा ठूलो सभा आयोजना गर्न लागेको जनाएको छ।