आजको मौसमः पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सु–तुवाँलोको सम्भावना

Image
Nisarga Hospital

मौसम पूर्वानुमान महाशाखा ले हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। यसका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ भने अन्य क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ।

CP Hospital Dhangadhi

आज दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना छ। कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने र एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा पनि आंशिक बदली रहनेछ।

Attariya Hospital

आज राति तराईका थोरै स्थानमा तुवाँलो देखिन सक्नेछ। कोशी र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने र अन्यत्र मौसम सफा रहने पूर्वानुमान गरिएको छ।

nawajiwan