गणेश नगरकोटी र कल्पना परियारको स्वरमा नयाँ म्युजिक भिडियो ‘फनक फनक’ सार्वजनिक (भिडियो सहित)

Image
Nisarga Hospital

नेपाली संगीत क्षेत्रमा नयाँ गीत ‘फनक फनक’ सार्वजनिक भएको छ। चर्चित गायक गणेश नगरकोटी र गायिका कल्पना परियारको स्वरमा सजिएको यस गीतमा शब्द तथा संगीत बिनाश हेनमाङले दिएका छन्।

CP Hospital Dhangadhi

गीतको संगीत संयोजन पूर्ण समियोगले गरेका हुन् भने ध्वनि मिलान सम्भु कुवरले मलासिरी स्टुडियोमा सम्पन्न गरेका हुन्। ‘फनक फनक’ लाई प्रेम र जीवनका भावनात्मक अभिव्यक्तिहरूलाई समेटेर तयार पारिएको बताइन्छ।

म्युजिक भिडियोमा समीर परियार, सन्जना सुनार र बिनाश हेनमाङले अभिनय गरेका छन्। भिडियोको छायांकन एबी स्टार मिडियाले गरेको हो भने सम्पादन र रंग संयोजन तुफानले गरेका छन्। निर्देशक तुफान र गणेश नगरकोटीको संयुक्त निर्देशनमा बनेको यस भिडियोले युवापुस्तामाझ लोकप्रियता हासिल गर्ने अपेक्षा गरिएको छ।

nawajiwan
Attariya Hospital

गीत सार्वजनिक भएसँगै दर्शक श्रोतालाई डिजिटल प्लेटफर्ममार्फत् सहजै उपलब्ध भएको छ। कलाकारहरूले यस गीतलाई आधुनिक शैलीमा प्रस्तुत गरिएकाले श्रोतालाई फरक अनुभूति दिने विश्वास व्यक्त गरेका छन्।

Advertize US